विराटनगर, १० साउन । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले नेपालमै पहिलो पटक एआई पावर्ड १२८ स्लाइस क्षमताको नया सिटी स्क्यान मेसिन र डेक्सा स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।
साढे ५ करोड लागतमा भित्रयाइएको उक्त मेसिन बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरि उक्त मेसिन सञ्चालनमा ल्याइएको हो । उक्त मेसिनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले काठमाण्डौ बाहिर बसेर पनि गुणस्तरिय सेवा प्रदान गर्न न्यूरो हस्पिटल सधै अगाडि रहेको बताए ।
उनले भने ‘न्युरो अस्पताल स्वास्थ्य सेवा प्रवाहमा आएको परिवर्तनको संवाहकको रुपमा निकै अगाडि छ । उनले सेवाग्राहीहरुको हरेक आवश्यता र अपेक्षाहरुलाई समय सापेक्ष रुपमा सम्बोधन गर्दै अगाडि बढन सफल भएको भन्दै बधाई समेत दिएका थिए ।
बिहिबारदेखि संचालनमा आएको सिटी स्क्यान मेसिनबाट टाउको, नशा, हाडलगायतको जाच गरिनुको साथै यसबाट मुटुको एन्जियोग्राफी पनि गरिने अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।
उनले अस्पतालले स्थापनाकालदेखि नै प्रविधिको प्रयोगलाई जहिले पनि प्राथमिकतामा राखी ठूलो लगानी गर्दै आएको जानकारी दिदै पछिल्लो ६ महिनाको अन्तरालमा अस्पतालले करोडौं लगानी गरेर दुई अत्याधुनिक तथा नवीनतम प्रविधियुक्त उपकरण एमआरआई र सिटी स्क्यान मेसिन भित्रयाएको बताए ।
अमेरिकन कम्पनी जेइले बनाएको उक्त मेसिनले क्यामेराको माध्यमद्धारा आफै बिरामीलाई पोजिशनमा मिलाएर राखेर जाच गर्ने बताइएको छ ।नया उपकरणसगै न्यूरो हस्पिटलले सुविधा सम्पन्न क्याबिन पनि संचालनमा ल्याएको छ ।
हस्पिटलको छैटौं तलामा होटल मापदण्डका सात वटा सुविधासम्पन्न क्याबिन बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । बिरामी कुरुवा बस्नेसहितको क्याबिनमा सम्पूर्ण सेवाहरु उपलब्ध हुने डिलक्स कोठाहरु रहेको जनाइएको छ ।
View : 479
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved