विराटनगर । कोशी प्रदेश सरकारले जिल्ला अस्पताल उदयपुरको मेडिकल सुपरिटेन्डेन्टमा ११ औं तहका डा. वीरेन्द्र कुमार मण्डललाई सरुवा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका निर्देशक रहेका डा. मण्डललाई जिल्ला अस्पताल उदयपुरमा कामकाज गर्ने गरी सरुवा गरेको हो ।
जिल्ला अस्पताल उदयपुरका दुई वर्षदेखि कार्यरत रहेका मेसु डा. ज्ञानेन्द्र कुमार झाको दुई साता अघि सरुवा भएपछि अस्पतालको नेतृत्व रिक्त रहेको थियो ।
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयका १० औं र ११ औं तहका तीन कर्मचारीको मंगलबार सरुवा गरेको जनाइएको छ ।
१० औं तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाबाट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।
त्यसैगरी स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहतालाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा सरुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जनाइएको छ ।
View : 129
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved