काठमाडौँ । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । उनको धापासीस्थित ग्राण्डी अस्पतालमा आज निधन भएको हो ।
अस्पतालले आज पत्रकार सम्मेलन गरेर ४५ वर्षीय सिटौलाको निधन भएको जानकारी दिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहसँगै अछाम गएका सिटौला बेहोस भएपछि उपचारका लागि शुक्रबार उक्त अस्पताल भर्ना भएका थिए ।
पत्रकार सिटौलाको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि केहीबेरमा कपनस्थित चलचित्र विकास बोर्डमा राखिने चलचित्र पत्रकार संघले जनाएको छ ।
View : 473
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved