Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

कैलालीको फूलबारीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गरिने

उद्‌घोष संवाददाता
१८ भदौ २०८१, मङ्गलवार

Advertisement

गोदावरी , १८ भदौ । यहाँको धनगढी उपमहानगरपालिका-१८ फूलबारीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गरिने भएको छ ।

फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न धनगढी उपमहानगरपालिका र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच सम्झौता भएको छ ।

सो ठाउँमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न पहिलो चरणमा एक करोड ३४ लाख ३३ हजार बजेट विनियोजन भएको छ ।

बजेट विनियोजन भएसँगै  एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ र उपमहानगरपालिका प्रमुख गोपाल हमालबीच सम्झौता भएको हो । 

नगरप्रमुख हमालले फूलबारीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न दुवै पक्षबीच हस्ताक्षर गरी सम्झौता भएको जानकारी दिए ।

उनले फूलबारीको डिपो बजार नजिक उपमहानगरपालिकाले उपलब्ध गराएको पाँच बिघा जग्गामा कम्तीमा पाँच हजार दर्शक क्षमताको  प्याराफिटसहितको प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको बताए। 

अखिल नेपाल फुटबल सङ्घको यही भदौ ११ र १३ गते बसेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको थियो ।

फुटबल प्रशिक्षण केन्द्रले सुदूरपश्चिम प्रदेशबाट फुटबलका नयाँ खेलाडी तथा प्रशिक्षक उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

प्रशिक्षण केन्द्रका भौतिक संरचनाको काम पाँच वर्षमा सम्पन्न गर्ने योजना रहेको छ ।

अखिल नेपाल फूटबल सङ्घ (एन्फा)ले उक्त प्रशिक्षण केन्द्र १५ वर्ष प्रयोग गरेपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

यहाँ निर्माण हुन लागेको फुटबल प्रशिक्षण केन्द्रमा खेलाडीलाई आवाससहितको सुविधा रहने जनाइएको छ ।  रासस

View : 332

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved