Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

वैदिक सनातन धर्म संस्कृति संरक्षण अभियानले गर्यो साधारणसभा

उद्‌घोष सम्वाददाता
२९ पुष २०८१, सोमवार

विराटनगर । विराटनगरको उत्तरी नाका पुष्पलाल चोकस्थित घिनाघाटमा हरेक सोमबार साँझ शिवगंगा आरती गर्दै आएको वैदिक सनातन धर्म संस्कृति संरक्षण अभियानको प्रथम साधारण सभाले विधिवत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

आइतबार भएको साधारणसभाले इश्वरकुमार खतिवडाको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । यसअघि तदर्थ समितिमार्फत धार्मिक अभियान सञ्चालन हुँदै आएको थियो ।

नवगठित समितिको प्रथम उपाध्यक्षमा उदय राजवंशी, द्वितीय उपाध्यक्षमा निर्मला दंगाल दुलाल, तृतीय उपाध्यक्षमा रूक्मिणा पोखरेल र चतुर्थ उपाध्यक्षमा आभाष अधिकारी चयन भएका छन ।

यसैगरी महासचिवमा दामोदर खराल, सचिवमा प्रशान्त चौधरी र कोषाध्यक्षमा छवि फूयल छानिएका छन् । सदस्यहरूमा हरिप्रसाद पोखरेल, चन्द्रकला घिमिरे, गायत्रा निरौला, कमला पराजुली, लक्ष्मी दाहाल, शंकर लुइटेल, दिनेशप्रसाद दाहाल, बसन्त बन्धु र एकराज पुरी चयन भएका छन् ।

वैदिक सनातन धर्म संस्कृति संरक्षण अभियानले घिनाघाटस्थित सिंघिया नदीमा विगत ८ महिनादेखि हरेक सोमबार साँझ आरती गर्दै आएको छ ।

सो आरतीमा स्थानियवासीको उल्लेख्य सहयोग र सहभागिता रहदै आएको आरतीस्थल निर्माण समितिका संयोजक एवं संस्थाका सल्लाहकार बसन्त होमागाईंले जानकारी दिए ।

तीन जना गुरुहरूले गर्ने आरतीका लागि भक्तजन र स्थानीयवासीबाटै सहयोग जुट्दै आएको र सरकारी निकाय कतैबाट सहयोग नउठाइएको होमागाईंले बताए । आगामी दिनमा आरतीलाई अझ भव्य  बनाउने योजना रहेको समितिले जनाएको छ ।

View : 5

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved