विराटनगर । ओरेक तथा तरङ्गीनी फाउन्डेसनले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श क्याम्पसमा सामाजिक कार्य अध्ययनरत विद्यार्थीहरूसंग लैंगिक हिंसा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
१६ दिने लैंगिक हिंसाविरूद्धको अन्तर्राष्ट्रिय अभियानको शुभारम्भका अवसरमा आयोजना गरिएको कार्यक्रममा संस्थाले लैंगिक हिंसाका प्रकार, यसको प्रभाव, तथा कोशी प्रदेशमा देखिएको अवस्थाबारे तथ्यांकसहित जानकारी प्रस्तुत गरेको थियो । कार्यक्रममा ५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो ।
अन्तरक्रियामा सहभागी विद्यार्थी लक्ष्मी श्रेष्ठले कार्यक्रमले अनुसन्धानको विषय पहिचान गर्न तथा कार्यक्षेत्र तय गर्न सहज भएको बताइन् । उनका अनुसार, लैंगिक हिंसाबारे यति प्रत्यक्ष र तथ्यमा आधारित धारणा पहिले थाहा भएको थिएन, उनले भनिन् ।
आंशिक प्राध्यापक माधव खतिवडाले सामाजिक कार्यका विद्यार्थीहरूका लागि यस्तो अन्तरक्रिया महत्वपूर्ण हुने बताए ।
लैंगिक हिंसा केवल सामाजिक समस्या मात्र होइन, अनुसन्धान र प्रत्यक्ष हस्तक्षेप दुवै आवश्यक पर्ने गम्भीर मुद्दा हो, उनले भने ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रदेशमा भइरहेको लैंगिक हिंसाको अवस्था सुनेपछि यसका विरूद्ध सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
युवाको सिर्जनशील भूमिका समाज परिवर्तनको आधार हुने भन्दै उनीहरूले आफूले सिकेको ज्ञान व्यवहारमा लागू गर्ने बताएका छन् ।
तरङ्गीनी फाउन्डेसनकी अधिकृत रूमा रिजालले १६ दिने अभियान क्याम्पसका विद्यार्थीहरूबाट सुरू गर्नुको उद्देश्य युवालाई संवेदनशील र जिम्मेवार बनाउनु रहेको बताइन् ।
View : 212
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved