बेलबारी । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले अमना सिसौली सामुदायिक वन उपभोक्ता समूह बेलबारीको कार्यालय भवन र बौद्ध दाह संस्कारस्थल शिलान्यास गरेका छन् ।
शनिवार आयोजित शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले सामुदायिक वन नाफामुखी र पक्षपाती नभई उपभोक्तामुखी हुनुपर्ने बताए । कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले सामुदायिक वनहरूको सहयोगमा विकासका धेरै काम भएको र त्यसलाई निरन्तरता दिदै जानुपर्ने बताए ।
सो वनका अध्यक्ष भोजराज बस्नेतले बहुमुखी भवन निर्माणपछि स्थानीय उपभोक्ताहरु लाभान्वित हुने बताए । उनले भवनमा कवर्डहल, जेसिस कार्यालय, सभाहल, वनको कार्यालय, पुस्तकालय रहने जानकारी दिए ।
कार्यक्रममा बेलबारी नगरपालिका उपप्रमुख नितु थापा कोइराला, नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, नगेन्द्र जमरकट्टेल, कांग्रेस बेलबारी नगर समितिका सभापति छत्र लिम्बू, माओवादी बेलबारी नगर कमिटी अध्यक्ष पर्शुराम सुवेदी लगायतको सहभागिता थियो ।
View : 137
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved