विराटनगर । जिल्ला बहुउद्देश्यीय सहकारी संघ मोरङको अध्यक्षमा पुनः माधव अधिकारी चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न १० औं साधारणसभाले अधिकारीलाई अध्यक्ष चयन गरेको हो ।
अधिकारी अध्यक्ष रहेको ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा लक्ष्मणकुमार वैद्य, सचिव हिमा मैनाली पनि पुनः समान पदमा दोहिरिएका छन् ।
त्यसैगरी सञ्चालक सदस्यहरूमा जयनारायण यादव, मञ्जु गौतम, आशा माझी, सन्तोष मण्डल, कृष्णबहादुर श्रेष्ठ, चन्द्रबहादुर कार्की चयन भएका छन् ।
साधारणसभाले लेखा समितिको संयोजकमा बद्रि दाहाल र सदस्यहरूमा विणा बराल तथा सूर्यनारायण माझीलाई चयन गरेको छ । शेयर पुँजी १ लाख ७५ हजार रहेको संघमा ५० लाख हाराहारीको वार्षिक कारोबार रहेको छ ।
यसैबीच, शनिबार सम्पन्न संघको साधारणसभा एकपक्षीय भएको आरोप केही बहुउद्देश्यीय सहकारी संस्थाले लगाएका छन् ।
विराटनगरस्थित गोपाल बहुउद्देश्यीय सहकारीका वीरेन्द्रकुमार यादवले आफूहरूलाई कुनै सूचना तथा जानकारी नै नदिई संघको साधारणसभा सम्पन्न एकतर्फी रुपमा गरेको आरोप लगाए । तर, नवनिर्वाचित तथा निवर्तमान अध्यक्ष अधिकारीले भने साधारणसभा हुने बारेको जानकारी सबैलाई गरेको उल्लेख गरेका छन् ।
View : 215
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved