पूर्व विद्यार्थीसँग खानेपानी प्लान्ट निर्माणका लागि सम्झौता
विराटनगर
साउन १९
कोशी प्रदेशको ठूलो शैक्षिक संस्था मोरङ क्याम्पसमा तातो तथा चिसो खानेपानी प्लान्ट जडान गर्नका लागि पूर्व विद्यार्थी एकजुट भई सहयोगका लागि जुटेका छन् । पूर्व विद्यार्थीहरु महेशकुमार जाजू, आनन्दकुमार जाजू,. प्रकाश मुन्दडा, पवन सारडा, . प्रेमप्रसाद भट्टराई र. नवीन रिजाललगायत
जुटेका हुन् ।
उनीहरुले प्रति एकाई करिव सात लाख रकम पर्ने पर्ने संरचना निर्माण गरी क्याम्पसलाई हस्तान्तरण गर्ने एक सम्झौतापक्रमा समेत शुत्रबार हस्ताक्षर गरेका छन् । ।
क्याम्पसको पूर्व विद्यार्थी संगठनको पहलमा सञ्चालन हुन लागेको सो परियोजनाका लागि गरिएको हस्ताक्षर समारोहमा पूर्व विद्यार्थी संस्थाका अध्यक्ष भीम घिमिरे, महासचिव लिला ढुंगेल, क्याम्पस प्रमुख डा. रामावतार शरण, स्ववियु पूर्वअध्यक्ष एवम् प्रदेशसभा सदस्य भीम पराजुलीलगायत सरोकारवाला पक्षको उपस्थिति थियो ।
कार्यक्रममा क्याम्पसको सबै भवनमा पानी तताउने, चिसो पारी दिने संरचना एकाई निर्माणका लागि थप सहयोगी मनका दाता पूर्व विद्यार्थीहरु जोड्ने कार्य भई रहेको जनाइएको छ ।
निजी क्षेक्रबाट गरिने यस कार्यको अतिरित्त क्याम्पसमा डीप बोरिङ, फिल्टर प्लान्ट र पानी सञ्चय ट्यांकी निर्माणका लागि पनि पहल भैरहेको क्याम्पस प्रशासनको भनाइ छ । हाल मोरङ क्याम्पसमा ११ हजार विद्यार्थी अध्ययनरत छन् ।
View : 581
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved