विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३ मा बुधबार दिउँसो भएको आगलागीबाट विस्थापित मुसहर बस्तीका परिवारलाई कोशी प्रदेश सरकारले राहत सामग्री वितरण गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिहीबार आगलागी पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।
आगलागीबाट मुसहर बस्तीका ११ वटा पूर्ण रुपमा जलेपछि ती परिवार बिस्थापित भएर स्थानीय जनता आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् ।
उनीहरूलाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री उमाकान्त गौतमसहित बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर लगायतको उपस्थितिमा खाद्य सामग्री, लत्ताकपडा र भाडावर्तन हस्तान्तरण गरेका छन् ।
प्रभावित परिवारलाई प्रदेश सरकारका तर्फबाट तत्कालका लागि प्लाष्टिकको बाटा, मग, ब्लाङ्केट र खाद्य सामग्री उपलब्ध गराइएको राज्यमन्त्री गौतमले बताए । उनीहरूको अस्थायी आवास तथा दीर्घकालीन पुनःस्थापनाका लागि थप समन्वय गर्दै जाने उनले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृताकुमारी गच्छदार, प्रदेश विपद् व्यवस्थापन समितिका सदस्य रामकुमार दाहाल, मन्त्रालयका जिन्सी शाखा प्रमुख देवराज भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
View : 59
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved