Biratnagar, Morang, Nepal
२३ असार २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

ग्रामथानमा देवरद्वारा भाउजुको हत्या

उद्‌घोष संवाददाता
२३ असार २०८३, मङ्गलवार

Advertisement

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–६ झोबावनीमा २० वर्षीया सीमा राजवंशीको आफ्नै देवरले हत्या गरेका छन् ।

सीमामाथि उनकै देवर २१ वर्षीय सौचन खवासले सोमबार राती करीव ८ बजेतिर धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले बताए ।

प्रहरीका अनुसार सीमाको घटनास्थलमै ज्यान गएको छ । देवरले भाउजुको हत्या गरी शवलाई शौचालयतर्फ घिसारिएको लुकाउन खोजेका थिए । 

घटनाका आरोपी सोचनलाई पक्राउ गरी प्रहरीले अघि बढाएको छ । सोचनले ठुलोबुवा शिवलाल खवासमाथि पनि खुकुरी प्रहार गर्दा घाइते भएका छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकका पति कपिल खवास भने रोजगारीका लागि काठमाडौंमा थिए । घटनापछि उनी घर फर्किएको जनाइएको छ ।

View : 111

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved