सुन्दरहरैंचा : सुन्दरहरौचा स्थित सुकुना बहुमुखी क्याम्पस पूर्व क्षेत्रकै उत्कृष्ट र शैक्षिक आकर्षणको केन्द्र बन्दै गएको छ ।
हाल क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट दोस्रो चरणको गुणस्तर प्रत्यायान सुनिश्चितता (क्यूएए) को प्रमाणपक्र लिने अन्तिम चरणका कार्यहरू गरिरहेको छ ।
विद्यार्थी संख्या, गुणस्तर, शैक्षिक कार्यत्रम सञ्चालन, विद्यार्थीका लागि सेवा सुविधा, अध्ययन अनुसन्धान, अभिभावक सम्पर्कमा उत्कृष्ट रहेको सो क्याम्पसले विद्यार्थी छात्रवृत्ति कोषमा उल्लेख्य वृद्धि गरिरहेको छ ।
यसै क्रममा विराटनगर महानगरपालिका–१० निवासी डगेन्द्र पराजुली र सुकुना बहुमुखी क्याम्पसकी सहप्राध्यापक तथा दिवासक्र कार्यत्रम संयोजक कान्ता सुवेदी (पराजुली) ले संयुक्त रूपमा बुधबार आˆना पितामाता (ससुरासासु)को स्मृतिमा ‘प्रेमप्रसाद–मधुमाया पराजुली स्मृति छात्रवृत्ति अक्षय कोष’ स्थापना गरी दुईलाख रकमको चेक सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान व्यवस्थापन एकाइका प्रमुख गणेशप्रसाद दहालका अनुसार क्याम्पसले दाताहरूबाट प्राप्त अक्षयकोषको ब्याज, विभिन्न संघसंस्था, बैंक तथा सहकारी संस्थाबाट प्राप्त अनुदान, क्याम्पस कोष र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त छात्रवृत्तिकोषको व्याजबाट बर्सेनि १८ लाख भन्दा बढी छात्रवृत्ति वितरण गर्दै आइरहेको छ ।
कुल विद्यार्थीको ६ प्रतिशत विद्यार्थीहरूलाई शुल्क सहुलियत प्रदान गरिरहेको छ । छात्रवृत्ति र शुल्क सहुलियत बापत बर्सेनि ३५ लाखभन्दा बढी रकम वितरण गर्दै आइरहेको दाहालले बताए ।
View : 310
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved