Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिएका फरार पक्राउ

उद्‌घोष संवाददाता
१८ पुष २०८२, शुक्रवार

विराटनगर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका–५ बस्ने ४६ वर्षीय डीवी भन्ने डिगबहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०७३ चैत २७ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागी बस्ने ६२ वर्षीय थामप्रसाद राईको हत्या गरेको अभियोगमा उनकै भतिजा ४१ वर्षीय सोमकुमार राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोमले थामप्रसादको मंगलबार राति हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

View : 117

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved