Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

ग्रिनल्याण्ड स्कुलको अभिभावक दिवस, विज्ञान प्रदर्शनीदेखि नाटक मञ्चनसम्म

उद्घोष सम्वाददाता
१३ फागुन २०८०, आइतवार

विराटनगर । विराटनगर–५ स्थित ग्रिनल्याण्ड सेकेण्डरी स्कुलले आइतबार भव्य कार्यक्रमका साथ अभिभावक दिवस मनाएको छ ।

अभिभावक दिवसका अवसरमा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी, नाटक प्रहसन र गीत संगीतमा सहभागीता जनाएका छन् । विद्यार्थीहरूले तयार पारेका विज्ञानसम्बन्धी विभिन्न सिद्धान्तमा आधारित प्रयोगात्मक प्रस्तुतिहरु गरिएको थियो । 

विद्यालयका प्रिन्सिपल दीपक पोखरेलले विद्यालयमा करीव दुई हजार विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिए । उनले अभिभावकहरुसँगको सहकार्यमा विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत उल्लेख्य प्रगति गर्दै गएको बताए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले विद्यार्थीहरूलाई सिप र संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिए । त्यस्तै अनमोल स्पेशल एजुकेसन सेन्टरकी प्रमुख एवं साइकोथेरापिष्ट डा. अर्चना रिमालले विद्यार्थीहरुमा उत्पन्न हुनसक्ने विभिन्न प्रकारका मानसिक समस्याहरुबारे जानकारी दिंदै अभिभावकहरुको भूमिकाबारे चर्चा गरेकी थिइन् । उनले विद्यार्थीहरुमा विद्यालय जान नमान्नेदेखि गृहकार्य नगर्ने समस्याबारे समेत जानकारी गराएकी हुन् ।

डा.रिमालले यस्तो समस्या विद्यार्थीमा बढ्दै गएको बताइन् । यस्तो समस्या समाधानका लागि अभिावकहरु समेत सचेत हुनुपर्ने बताइन् ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका पूर्व शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडालगायतले शैक्षिक विकासमा ग्रिनल्याण्ड सेकेण्डरी स्कुलको योगदानबारे चर्चा गरेका थिए ।

View : 1095

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved