विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले मोरङको रंगेली नगरपालिका–१ स्थित त्रिभुवन मावि गोहीगाडालाई ३१ सेट खेलकुद जर्सी प्रदान गरेको छ ।
परिसंघले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइतबार विद्यालयका विद्यार्थीहरूका लागि ३० सेट जर्सी र खेल शिक्षकलाई ट्र्याकसुट हस्तान्तरण गरेको हो ।
उक्त सामग्री परिसंघका अध्यक्ष पवन कुमार सारडा, कोषाध्यक्ष साकेत राठी र महानिर्देशक विजयहरि शर्माले विद्यालयका सहायक प्रधानाध्यापक टंकबहादुर खत्री र शिक्षक देवीप्रसाद ढुंगेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।
विद्यालयले आगामी राष्ट्रपति रनिङशिल्डलाई लक्षित गर्दै खेलकुद गतिविधि अघि बढाउँदै आएको छ । विद्यालयमा साढे चार सय विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।
विद्यालयमा सिमान्तकृत, विपन्न तथा असहाय वर्गका विद्यार्थीहरू अध्ययनरत रहेका छन् । विद्यालयले आर्थिक अभावका कारण आफैं खेलकुद सामग्री खरिद गर्न नसक्दा परिसंघले खेलकुद जर्सी उपलब्ध गराएको हो ।
परिसंघका अध्यक्ष सारडाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा अग्रसर बनाउन र खेलकुदप्रतिको मनोबल उकास्नका लागि जर्सी उपलब्ध गराएर सहयोग गरिएको बताए ।
View : 288
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved