विराटनगर । विराटनगर महानगरपालिका–२ सोमबारे हाटमा प्रान्समा रहेको आइफेल टावर झैं देखिने टावर निर्माण गरिएको छ । यसलाई पनि स्थानीय आइफेल टावर नै भनिएको छ ।
हाल टावरको जडान कार्य भइरहेको विराटनगर महानगरपालिका–२ का वडाध्यक्ष कुमार पोखरेलले जानकारी दिएका छन् ।
स्थानीय पर्यटन प्रवर्द्धनको पुर्वाधारका रुपमा विकास गर्न खोजिएको यो टावर चालू आर्थिक वर्षमा जडान सुरु भएको हो । आगामी आर्थिक बर्षमा जडान सम्पन्न गरि संचालनमा ल्याइने जनाइएको छ ।
महानगरपालिकासँगको समन्वयमा टावर जडान सकेपछि आकर्षक बत्ती, टावर मुनि बस्ने ठाउँ, भुँईमा टाली लगाउने लगायतका थप सौन्दर्यीकरणका कार्य वडा कार्यालयले आगामी असोज महिनाभित्र सम्पन्न गरिसक्ने योजना रहेको जनाइएको छ ।
साथै सोमबारे हाट क्षेत्रलाई समेत सौन्दर्यकरण गरिने वडाध्यक्ष पोखरेलले जानकारी दिए ।
यो आइफेल टावरको संरचना यसअघि मोरङ व्यापार संघको आयोजनामा विराटनगर–२ कै शंकरपुर मार्गमा आयोजित एक्स्पोमा आकर्षण बढाउनका लागि तयार पारेर राखिएको थियो । एक्स्पो सकिएपछि यसलाई खोलेर राखिएको थियो ।
व्यापार संघले वडा कार्यालयलाई उक्त टावर निशुल्क रुपमा उपलब्ध गराएको जनाइएको छ ।
View : 258
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved