विराटनगर । विराटनगर–१ स्थित प्रतिष्ठित संगीत शिक्षण संस्था ‘स्वर संगम संगीतालय’ ले आफ्नो ३१ औं वार्षिकोत्सव तथा स्वर सम्राट नारायण गोपालको ३५ औं स्मृति दिवसको अवसरमा एक समाजसेवी र पाँच जना कलाकर्मीलाई सम्मान गर्ने भएको छ ।
सम्मानित हुनेमा सीता पोखरेल (समाजसेवा), कुवेर राई (संगीत), भवानीप्रसाद पोखरेल (साहित्य), अनुराधा थापा (ललितकला), नवप्रतिभामा विभूतिराज कोइराला र श्यामकृष्ण बाँस्कोटा (गायन) छन् ।
बिहीबार (मंसिर १८ गते) आयोजना हुने उक्त विशेष कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ले उनीहरुलाई सम्मान गर्नेछन् ।
संगीतालयका अध्यक्ष तथा संस्थापक कुशेश्वर राईका अनुसार कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू पनि गरिने छन् ।
विराटनगर स्थित आरोहण गुरुकुल, हाटखोलामा बिहीबार मध्यान्हमा आयोजना हुने उक्त कार्यक्रममा स्वरसम्राट नारायणगोपालका गीतहरु स्थानीय गायकहरुले प्रस्तुत गर्ने छन् ।
विक्रम संवत् २०५१सालमा स्थापना भएको सो संगीतालयले लामो समयदेखि संगीत प्रशिक्षण र प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै विभिन्न श्रष्टा तथा समाजसेवीलाई सम्मान गर्दै आएको महासचिव महिमा शर्मा पाण्डेले जानकारी दिइन् ।
View : 1121
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved