विराटनगर । वित्तीय व्यवस्थापन सम्वन्धमा अधिकांश सरोकारवाला निकाय नै अनभिज्ञ रहेको विराटनगरमा शनिबार गरिएको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले गरेको ‘सार्वजनिक वित्त व्यवस्थापनमा नियमनकारी निकायको भूमिका’ विषयमा गरिएको छलफल तथा अन्तरक्रियामा विभिन्न सरकारी र गैरसरकारी संस्थाले लेखा परीक्षणका लागि लेखा परीक्षककै अभाव हुने गरेको, लेखा परीक्षणका लागि सूचिकृतका लागि आह्वान नहुनु पर्नेमा सूचना जारी हुने गरेको सहभागीहरुले गुनासो गरेका थिए ।
प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशीका अधिकृत मनोज कार्कीले सानो पूँजी भएका सहकारीलाई लेखा परीक्षण गर्न समस्या परेको मात्र नभई पहाडी क्षेत्रमा लेखा परीक्षणका लागि समस्या भएको बताए । उनले कोशी प्रदेशमा ४ हजार ९ सय सहकारी भए पनि त्यसको लेखा परीक्षणका लागि लेखा परीक्षक अभाव रहेको बताए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका केन्द्रीय अध्यक्ष सीए सुजनकुमार काफ्ले, विराटनगर शाखा अध्यक्ष सीए अश्विनी बंशल, नेपाल लेखा परीक्षक संघ (अडान) कोशीका अध्यक्ष विजयहहि शर्मा, सीए मनोज अधिकारी, नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साह, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुभाष आचार्य, मोरङ क्याम्पसका प्रमुख डा रामावतार शरण, प्राध्यापकद्वय डा मोहन सुवेदी र डा डिल्ली पोखरेल, उद्योगी व्यवसायी चार्टर्ड एकाउन्टेन्ट, रजिस्टर अडिटर र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरू एवम् प्राध्यापकहरुको छलफल कार्यक्रममा सहभागिता रहेको थियो ।
आगामी दिनमा आइक्यानले वित्तीय साक्षरता बढाउन पहल गर्नु पर्नेमा उनीहरुको सहभागीहरुको जोड थियो ।
View : 153
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved