Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

खदम खोलाबाट अवैधरुपमा नदीजन्य पदार्थ निकाल्ने १५ वटा ट्रयाक्टर नियन्त्रणमा

उद्घोष सम्वाददाता
११ असोज २०८१, शुक्रवार

विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ खदम खोलामा अवैध रुपमा उत्खनन् गरेको आरोपमा प्रहरीले १५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

बिहीबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट ट्रयाक्टरहरु नियन्त्रण लिएको हो ।

प्रहरीले अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा को.२ त ८३४६, को.२ त ९९२७, को.२ त ७५५४, को.१ त ५३८०, को.२ त २०३२, को.२ त ७९१२, को.२ त ७८९७, को.२ त ६९४०, को.२ त ८३१९ नम्बरका ट्रयाक्टरहरु नियन्त्रणमा लिएको हो ।

त्यसैगरी  को. १ त ४५८३, को.१ त ८७२२,  प्र.१-०२-००३ त २७१२, प्र. १-०२-००३ त १८८१, प्र. १-०२-००३ त २८३९  र  प्र. १-०२-००३ त ०७८७ नम्बरका १५ वटा ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नियन्त्रणमा लिईएका उक्त ट्रयाक्टरहरुलाई आवश्यक कारवाहीको लागी केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

View : 62

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved