विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बाढी पीडितलाई राहतवितरणमा कुनै कमी हुन नदिने गरी कार्य गरिरहेको बताएका छन् ।
कोइरालाले सोमबार बिहानैदेखि विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुलाई महानगरमा बोलाएर सहयोगको आग्रह गरेका थिए ।
सामाजिक संघसंसस्थाका प्रतिनिधिहरुसँगको छलफलमा मेयर कोइरालाले महानगरले बाढीपीडितको उद्धार र राहत वितरणलाई प्रभावकारी रुपमा कार्य गरिरहेको उल्लेख गरे ।
महानगरको समन्वयमा सोमबार बिहानको खाना अग्रवाल सेवा समितिले उपलब्ध गराएको छ । मेयर कोइरालाको पहलमामा सोमबार बेलुकाको खाना राउण्ड टेवलले उपलब्ध गराउने भएको छ ।
कोइरालाले रेडक्रसलगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसंग समेत छलफल गरी सहयोगका लागि सहजीकरण गरेका छन् ।
मेयर कोइरालाले महानगरको सम्बन्धित शाखा र महाशाखालाई पूर्ण क्षमतामा बाढीपीडितको उद्धार र राहतमा खटाइएको जानकारी गराए ।
विराटनगर महानगरपालिकाले अग्रवाल सेवा समितिको सहयोगमा विराटनगर–१२ स्थित सम्पन्न बस्तीका बाढीपीडितलाई खाद्यन्न वितरण गरेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा महानगर प्रहरीले उनीहरुलाई उद्धार गरी बखरी आधारभूत विद्यालयमा राखेको छ । उद्धार गरिएका करिब ३ सय जनालाई सोमबार बिहानको खाना महानगरले खुवाएको हो ।
मेयर नागेश कोइरालाको समन्वयमा अग्रवाल सेवा समाजले उपलब्ध गराएको खाना नगर प्रहरीका प्रमुख राजन पौडेल, बखरी प्रहरी चौकीका इन्चार्ज वरिष्ठ सई प्रवीण भट्टराई, नेपाली सेनालगायतले वितरण गरेका थिए ।
View : 398
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved