Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

त्रिवि र पुविका सवै परीक्षा स्थगित

उद्घोष सम्वाददाता
१२ असोज २०८१, शनिवार

Advertisement

विराटनगर । अविरल वर्षाको कारण बाढी, पहिरो र डुवानका कारण जनजीवन अस्तव्यस्त भएपछि त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले आइतबारको पूर्व घोषित परीक्षा स्थगित गरेको छ ।

त्रिविले मौसम प्रतिकुलताको कारण जनाउँदै असोज १३ गते आइतबारको परीक्षा स्थगित गरेको र सो परीक्षा असोज २१ हुने सूचनामार्फत जानकारी गराएको हो ।

यस्तै पूवि परीक्षा व्यवस्थापन कार्यालयले भने असोज १३ र १४ का तोकिएको सबै परीक्षा  अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको परीक्षा नियन्त्रक बालेन्दु हमालले सूचित गरेका हुन् । 

त्रिविले मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह दोस्रो वर्षको आइतबारको बीए, बीएड,बीबीएस र बीएससीको जारी परीक्षा स्थगन गरेको त्रिविले सूचना जारी गरी जानकारी दिएको हो । 

View : 53

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved