Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नेप्से २८७०.६३ विन्दुमा, १६ अर्ब ५९ करोडको कारोबार

नयाँ आर्थिक वर्षलाई सेयर बजारको भव्य स्वागत
उद्‌घोष संवाददाता
१ साउन २०८२, बिहिवार

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजारमा कारोबार ऐतिहासिक रुपमा उच्च भएको छ ।

नेप्से ७५.८४ अंकले बढ्दै २८७०.६३ विन्दुमा बजार बन्द हुँदा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । बजारको इतिहासमै लामो समयपछि यो सर्वाधिक उच्च कारोबार हो ।

मौद्रिन नीतिमा राष्ट्र बैंकले लिएको लचिलो नीतिसँगै बैंकहरुले ब्याज घटाउँदा सेयर लगानीकर्तामा सकारात्मक प्रभाव परेको हो ।

कारोबारमा आएका सबै समूहको सूचक बढेको छ । अन्य समूहको सूचक सर्वाधिक ५.०९ प्रतिशतले बढेको छ । यस्तै लगानी ३.१७, जीवन बीमा ३.१४, जलविद्युत ३.०४, उत्पादन तथा प्रशोधन २.९४, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६०, लघुवित्त २.५०, विकास बैंक १.९५ तथा वाणिज्य बैंक र व्यापार १.७६ प्रतिशतले बढेका छन् ।

नौ कम्पनीको सेयरमूल्य घट्दा २३९ कम्पनीको बढेको छ। नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ८४ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै बुटवल पावरको ६० करोड ६८ लाख, राधी विद्युतको ५६ करोड ७४ लाख र सानिमा माई हाइड्रोपावरको ४२ करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यसअघि बुधबार १४ अर्ब ३ करोड ४८ लाख र मंगलबार ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको थियो ।

View : 491

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved