सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–१२ स्थित सुकुना बहुमुखी क्याम्पसको १९औं क्याम्पस परिषद् बैठक सम्पन्न भएको छ ।
विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्ययन प्राप्त सो शैक्षिक संस्थाको परिषद् बैठकमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पसको समग्र शैक्षिक अवस्था, भावी योजना तथा कार्यक्रमबारे क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले प्रस्तुति दिएका थिए ।
परिषद् बैठकको अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको क्याम्पसले जनाएको छ ।
View : 97
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved