Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

ट्याङ्ग्रा खोलामा डुबेर दुई बालकको मृत्यु

उद्‌घोष संवाददाता
४ साउन २०८२, आइतवार

Advertisement

विराटनगर । इटहरीको बिचैबिचै बिग्ने ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा आइतबार अपरान्ह दुई बालकको डुबेर ज्यान गएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–३ कल्याण चोकका ९ वर्षीय दीपसन चौधरी र इटहरी–२ का ११ वर्षीय क्रिश्वास लिम्बू रहेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार दुवै बालक डुबिसकेपछि उद्दार गरेर उपचारका लागि विराट टिचिङ हस्पिटल पुर्‍याइएको थियो ।

तर उपचारकै क्रममा चिकित्सकले दुवैको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

शनिबार रातीदेखि परेको अबिरल वर्षाका कारण ट्याङ्ग्रा खोलामा पानीको सतह बढेको छ ।

View : 607

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved