Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

खाजाको पैसा बचाएर आश्रममा सेवा

उद्‌घोष सम्वाददाता
२१ माघ २०८०, आइतवार

विराटनगर । मेरिल्याण्ड कलेज विराटनगरमा व्यवस्थापन संकाय अन्तर्गत कक्षा ११  अध्ययनरत विद्यार्थीले विराटनगर तीनटोलयास्थित मानवसेवा आश्रममा आश्रित आमाहरुलाई खाद्यान्न वितरण गरेका छन् । 

‘मानव सेवा सबैभन्दा उत्तम सेवा हो’ भन्ने भनाइलाई आत्मासात गर्दै विद्यार्थीहरुले आफ्नो खाजा खर्चको रकम (पैशा) बचाएर आश्रमलाई खाद्यान्न वितरण गरेको कलेजकी शिक्षिका इश्वरी गौतमले बताइन् । करिव एक सय जना विद्यार्थीले बिहीबार र शुक्रबार आश्रममा गई खाद्यान्न वितरण गरेका थिए । 

सो अवसरमा कलेजका प्राचार्य लक्ष्मण ढकाल, सञ्चालकहरु प्राडा प्रमोदकुमार झा, नन्दकिशोर अग्रवाल, प्रदिप भगत र शिक्षक गणेश दहाल, बद्री पौडेलको उपस्थिति थियो ।

शिक्षिका इश्वरी गौतमले  सहजीकरण गरिएको सो कार्यक्रममा आश्रमकातर्फबाट पार्वतीले मानव सेवा आश्रम स्थापना कसरी गरियो, त्यहाँ कुन प्रकारका आमाबुवा, बालबालिकाले आश्रय लिइरहेका छन् भन्ने जानकारी गराउँदै चेतनामूलक वृत्तचित्र देखाइएको थियो ।

View : 305

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved