Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
प्रविधि

विद्यार्थीलाई सूचना प्रविधि सम्बन्धी तालिम

उद्घोष सम्वाददाता
२४ पुष २०८०, मङ्गलवार

विराटनगर । कोरियाको चाङवन विश्वविद्यालयले ‘विशेष आवश्यकता शिक्षा’ का विद्यार्थीहरूलाई सूचना प्रविधि सम्बन्धी तालिम दिन थालेको छ ।  तालिमको शुभारम्भ गर्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले अहिलेको युगमा सूचना प्रविधिको शिक्षा जुनसुकै विषय अध्ययन गर्नेलाई पनि उपयोगी हुने बताए । 

लुपिक परियोजना अन्तर्गत सञ्चालित विशेष आवश्यकता शिक्षाले सबै नागरिकलाई शिक्षामा पहुंचमा पुर्‍याउने उपकुलपति कोइरालाले बताए । कोरियाली प्राध्यापक लीले सबैको पहुंचमा शिक्षा पुर्‍याउन विशेष आवश्यकता शिक्षा सहयोगी हुने बताए ।

मंगलवारदेखि शुरू भएको तालिम शुक्रवारसम्म सञ्चालन हुनेछ । तालिममा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोकमा विशेष आवश्यकता शिक्षा अध्ययनरत २१ जना विद्यार्थीहरू सहभागी छन् ।

बिगत तीन वर्षदेखि पूर्वाञ्चल विश्वविद्यालयले लुपिक परियोजनाको सहकार्यमा जनता आदर्श बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र अन्तर्गत स्नातक तहमा ‘विशेष आवश्यकता शिक्षा’ अध्यापन गर्दै आएको छ ।

View : 63

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved