Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

सीजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू मुम्बई प्रस्थान

उद्‌घोष संवाददाता
३ फागुन २०८२, आइतवार

विराटनगर । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स कम्पनी सीजी इलेक्ट्रोनिक्सले आफ्नो विशेष ‘वल्र्डकप मुम्बई ट्रिप योजना’ का विजेताहरूलाई शुक्रबार भव्यताका साथ मुम्बईतर्फ विदाइ गरेको छ ।

आगामी आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाल र वेस्टइन्डिजबीचको ऐतिहासिक खेल मुम्बईको वानखेडे स्टेडियमबाटै प्रत्यक्ष हेर्ने अवसर पाएका ४० जना भाग्यशाली विजेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकै उत्साहित मुद्रामा मुम्बई उडेका हुन् ।

कम्पनीले गत मंसिर २९ गतेदेखि माघ १२ गतेसम्म सञ्चालन गरेको विशेष वल्र्डकपलक्षित योजनामा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो । 

उक्त समयावधिमा सीजी इलेक्ट्रोनिक्स अन्तर्गतका विश्व प्रख्यात ब्रान्डहरू एलजी, सीजी, सीजी एसडीए, टीसीएल, ब्ल्याक+डेकर, गोदरेज, सेन्साई, माइडिया, केन्टर क्राम्प्टनका उत्पादनहरू खरिद गरी हजारौं ग्राहकहरूले एसएमएसमार्फत सहभागिता जनाएका थिए । 

तिनै हजारौं सहभागीहरूमध्येबाट डिजिटल गोला प्रथामार्फत ४० जना भाग्यशाली विजेताहरू छनोट गरिएको कम्पनीले जानकारी दिएको छ ।

विजेताहरूले पाँचदिने मुम्बई भ्रमणको पूर्णप्याकेज प्राप्त गरेका छन् । कम्पनीका अनुसार सो प्याकेजमा काठमाडौं–मुम्बई–काठमाडौं दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटेलमा बसाइँ तथा खानपिनको उत्कृष्ट व्यवस्था गरिएको छ । 

साथै, विजेताहरूले मुम्बईको प्रसिद्ध स्थानहरूको अवलोकन भ्रमण (सिटी टुर) गर्नुका साथै वानखेडे स्टेडियममा हुने नेपाल र वेस्टइन्डिजबीचको रोमाञ्चक खेलको विशिष्ट टिकटसमेत प्राप्त गरेका छन् ।

View : 83

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved