Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पाँच दिने स्काउट तालिम सुरु

उद्‌घोष संवाददाता
२८ फागुन २०८०, सोमवार

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका ५२ वटा सामुदायिक विद्यालयहरूमा कार्यरत ७१ जना शिक्षकहरुलाई आधारभूत तालिम आइतबारदेखि सुरु भएको छ । 

कटहरी–२ स्थित जीवन विकास समाजको सभाहलमा आयोजित तालिमको उद्घाटन कोशी प्रदेशका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले गरेका हुन् ।

मन्त्री कार्कीले शिक्षा क्षेत्रमा भौतिक विकासभन्दा पनि मानवीय विकास आजको आवश्यकता भएको बताए । उनले शिक्षकहरुले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताए । तालिममा क्षेत्र नम्बर ५ अन्तर्गत विराटनगरका दक्षिणी वडाहरु, जहदा गाउँपालिका, धनपालथान गाउँपालिका र रंगेलीको दक्षिणी क्षेत्रका वडाहरुमा रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरु सहभागी छन् ।

शिक्षा विकास तथा समन्वय इकाई मोरङको आयोजनामा सुरु भएको तालिम चैत २ गतेसम्म आवासीय रुपमा सञ्चालन हुने नेपाल स्काउट कोशी प्रदेश अधिकृत नवराज घिमिरेले जानकारी दिए । उनले स्काउटकै प्राविधिक सहयोगमा तालिम आयोजना गरिएको जानकारी दिए ।

मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्रप्रसाद मण्डलको अध्यक्षतामा आयोजिता तालिममा विद्यालयस्तरमा बालबालिका तथा युवा वर्गलाई स्काउटमा अधिक मात्रामा सहभागी गराई उनीहरुको शारीरिक, मानसिक र वौद्धिक विकास गरी अनुशासन, मर्यादा पालना गर्न सहयोग पुग्ने उद्देश्य लिइएको जनाइएको छ ।

तालिम उद्घाटनमा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साह, धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछ गच्छदार, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर फुयाल, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम, नेपाल स्काऊटका सहआयुक्त किरण गिरी, आयुत्त रवि खनाल, रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतम लगायतले शुभकामना दिएका थिए ।

View : 374

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved