विराटनगर । शिक्षा क्षेत्र सुधारका लागि रंगेली नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
शैक्षिक सुधार, भौतिक संरचना सुधार, विद्यार्थीको उपस्थितिमा सुधार, विद्यालय अभिभावक सम्बन्ध सुधार लगायतका विषयमा रंगेली नगरपालिकाले शिक्षा सेवा अन्तर्गतका अधिकृत बलराम पराजुली र माध्यमिक शिक्षक नारदप्रसाद लुइटेललाई जिम्मेवारी दिएको छ ।
सुधार अभियानकै क्रममा रंगेली नगरपालिका अन्तर्गत सामुदायिक विद्यालय र धार्मिक विद्यालयहरूको अनुगमन तीव्र पारिएको छ ।
अनुगमनबाट प्राप्त विवरणलाई जस्ताको तस्तै रंगेली नगरपालिकालाई बुझाउने र समस्याहरु समाधान गर्न पालिकालाई अनुरोध गर्ने टोलीका संयोजक बलराम पराजुलीले जानकारी दिए ।
अहिलेसम्म २१ वटा विद्यालयहरू अनुगमन भइसकेको बताइएको छ ।
विद्यालयहरूमा देखिएका समस्याहरु समाधान गर्ने उद्देश्यले टोलीले सूक्ष्म अनुसन्धान गरी पालिकालाई प्रतिवेदन बुझाउने टोली सदस्य नारदप्रसाद लुइटेलले जानकारी दिए ।
रंगेली नगरपालिकाले शिक्षा क्षेत्रको विकासको लागि प्राथमिकतामा राखेकोप्रति शिक्षक समाजले रंगेली नगरपालिकालाई धन्यवाद दिएको छ ।
View : 175
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved