Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जेनजीद्वारा विराटनगरमा प्रदर्शन, दलका नेताविरुद्ध गालीगलौजपूर्ण नारा (फोटो)

उद्‌घोष संवाददाता
२३ भदौ २०८२, सोमवार

विराटनगर । जेनजी समुहले विराटनगरमा प्रदर्शन गरेका छन् । विराटनगरको ट्राफिक चोकमा भेला भएर महेन्द्र चोक हुँदै रोडशेष चोक पुगेका प्रदर्शनकारीहरू त्यहाँ केहिबेर नाराबाजी गरेर पुनः ट्राफिक चोक फर्किए । 

उनीहरूले ट्राफिक चोकमा पनि केहिबेर प्रदर्शन गरे । त्यहाँबाट देवकोटा चोक जाने भन्दै हिंडेका प्रदर्शनकारी अस्पताल चोकमा रोकिएका छन् ।

नेतृत्वकर्ताविहिन देखिएको प्रदर्शनका सहभागीहरूले चर्को नाराबाजी गरेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शेरबहादुर देउवा, पुष्पकमल दाहाल र विराटनगर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला विरुद्ध समेत गालीगलौजपूर्ण नारा लगाए ।

विराटनगरमा प्रदर्शनकारीले राजा र बालेन शाहको भने पक्षमा नारा लगाएका छन् । प्रदर्शनमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूको उल्लेख्य सहभागीता देखिएको छ । 

विराटनगरका राम्रा भनिएका निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले कलेजकै झ्याल र विद्यालयका बसभित्रबाट सडकको प्रदर्शन हेरेका छन् ।

प्रदर्शनमा संलग्न युवाले महिला र तेस्रो लिंगी लक्षित गालीगलौज र विभेदपूर्ण ‘.....ण्डीको बान, ....... छक्का हो’ जस्ता नारा लगाए ।

प्रदर्शनमा संलग्न युवाहरू नेतृत्वकर्ताविहिन देखिएका थिए । सुरुमा प्रदर्शनको नेतृत्व गरेका केही युवाले आन्दोलनलाई सम्हाल्ने प्रयास गरेपनि उनीहरूको नेतृत्व कसैले टेरेनन् ।

View : 444

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved