Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

रामेछाप बस दुर्घटना अपडेट :

ओखलढुंगा जाँदै गरेको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो

उद्‌घोष संवाददाता
२७ माघ २०८२, मङ्गलवार

विराटनगर । काठमाडौंबाट ओखलढुंगा आउँदै गरेको बस मंगलबार रामेछापको त्रिवेणी घाट नजिकै तामाकोशी खस्दा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस खस्दा घटनास्थलमै ६ जनाको शव भेटिएको थियो । दुर्घटनामा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीले बसभित्रबाट उद्दार गरेका यात्रुहरूको समेत उपचारका क्रममा निधन भएको छ । गम्भीर घाइते आठ जना मध्ये ३ जनालाई थप उपचारका लागि धुलिखेल अस्पताल पुर्याइएको छ ।

आज मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको थियो ।

घटनास्थलमा उद्धार गर्न जिल्ला प्रहरी कार्यालय रामेछाप, सशस्त्र प्रहरी बल गुल्म रामेछाप, विपद व्यवस्थापन बेश खुर्कोटबाट सुरक्षाकर्मीको टोली परिचालन भएको थियो । 

सुरक्षाकर्मीले तामाकोशीमा अधिकांश भाग डुबेको बससम्म बोटबाट गएर मानिसहरूको उद्दार गरेका थिए । प्रहरीका अनुसार मृतकहरूको पहिचान हुन सकेको छैन ।

View : 88

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved