विराटनगर । कोशी प्रदेश अन्तर्गतका ९० जना माध्यमिक तहका अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आयोजना र नगरपालिका संघ र गाउँपालिका महासंघको सहआयोजनामा सुनसरीको इटहरीमा भएको तीनदिने प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कक्षा १० र १२ का विद्यार्थीलाई लक्षित गरी गुणस्तर वृद्धिका लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक सुवास पन्तले बताए ।
प्रश्नपत्र निर्माण, ग्रेडको प्रयोग, गोपनीयता, विश्वसनीयता र नतिजा विश्लेषण लगायतका विषयमा सहभागी विषय शिक्षकहरूलाई प्रशिक्षण गरिएको हो । विषय विज्ञहरू डा.गणेशबहादुर सिंह, डा. मोहन पौडेल, सुभाष पन्त, विश्व जोशी, सुशील खनाल लगायतले सहभागी शिक्षकहरूलाई सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले प्रशिक्षण कार्यक्रमबाट प्राप्त ज्ञान र सीप विद्यालय र पालिका अन्तर्गतका सबै शिक्षकहरुलाई प्रशिक्षण दिन आग्रह गरे ।
राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख दामोदर चापागाईंले सहभागी शिक्षकहरूलाई शिक्षण सिकाई क्रियाकलापमा ध्यान दिन आग्रह गरे ।
सहभागी शिक्षकहरू सुनिल राइर्, हिमादेवी ओझा लगायतले कार्यक्रमबाट प्राप्त ज्ञान र सीप विद्यालय र पालिका अन्तर्गतका सबै शिक्षकहरुलाई बाडने प्रतिबद्धता जनाए ।
View : 263
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved