विराटनगर । विराटनगरमा जारी चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक मिल्स भेट्रान्स क्लब (निलो) र हाम्रो इटहरी भेट्रान्स क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।
विराटनगरस्थित जुट मिल खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली युनाइटेड भेट्रान्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजकले फाइनलको यात्रा तय गरेको हो ।
अब आयोजकले उपाधिका लागि शनिबार इटहरीसँग प्रतिस्पर्धा गर्नेछ । इटहरीले यसअघि एभरेष्ट भेट्रान्स क्लबलाई १–० गोल अन्तरले नै पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
निकै प्रतिस्पर्धात्मक बनेको बिहीबारको खेलमा आयोजकका सुरज श्रेष्ठले २१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
खेलको ‘प्लेयर अफ द म्याच’ आयोजक टोलीका जय देवकोटा घोषित भए ।
मिल्स भेट्रान्स क्लबका अध्यक्ष बुद्धिराज दराईका अनुसार प्रतियोगिताको विजेताले नगद ८१ हजार १११ रुपैयाँ र उपविजेताले ४१ हजार १११ रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्नेछन् । फाइनल खेल शनिबार दिउँसो हुनेछ ।
View : 89
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved