Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस विवादसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दैमा’

उद्‌घोष संवाददाता
४ वैशाख २०८३, शुक्रवार

विराटनगर । नेपाली कांग्रेस भित्रको आधिकारिकता विवाद तथा १५औं महाधिवेशनसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालत मा ‘हेर्दाहेर्दै’मा राखिएको छ । 

सो मुद्दा न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा विचाराधीन छ । 

बिहीबारको सुनुवाइमा निवेदक पक्षका तर्फबाट विशेषतः शेरबहादुर देउवा निकट कानुन व्यवसायीहरूले बहस गरेका थिए भने निर्वाचन आयोगका तर्फबाट सरकारी वकिलहरूले पनि आफनो धारणा राखेका छन् ।

अदालतले थप बहस आवश्यक ठहर गर्दै सुनुवाइलाई निरन्तरता दिने निर्णय गरेको छ । 

शुक्रबार गगन थापा पक्षका कानुन व्यवसायीले बहस गर्ने कार्यतालिका छ, त्यसपछि प्रत्युत्तर बहस हुने बताइएको छ । कानुन व्यवसायीहरूका अनुसार बहस सकिएलगत्तै आदेश आउने सम्भावना  छ ।

सो मुद्दा विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरिएको हो । 

साथै, विवाद समाधान नहुँदै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको तथा सदस्यता खुला गर्ने निर्णयविरुद्ध पनि अर्को रिट परेको छ, जसमा पूर्णबहादुर खड्का पक्ष संलग्न रहेको जनाइएको छ ।

View : 133

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved