विराटनगर । स्वास्थ्य र सामाजिक सेवामा महत्त्वपूर्ण योगदान पुर्याउने नर्सिङ क्याम्पस विराटनगरकी प्रमुख मेनुका भण्डारी शनिबार सम्मानित भएकी छन् ।
विराटनगर–४ स्थित आदर्श टोल विकास संस्थाले आफ्नो ११औं वार्षिक साधारणसभाको अवसरमा क्याम्पस प्रमुख भण्डारी ‘मैया राई स्मृति सम्मान’ बाट सम्मानित भएकी हुन् ।
साधारणसभा तथा सम्मान कार्यक्रमका जिल्ला समन्वय समिति मोरङका सदस्य तुलसीप्रसाद घिमिरे, संस्थाका अध्यक्ष भुपप्रसाद बाँस्तोला, मैया राई स्मृति अक्षय कोषकी संस्थापक सृजना श्रेष्ठ राई र संस्थाका सचिव विश्वराज पोखरेलले संयुक्त रूपमा भण्डारीलाई सम्मानपत्र प्रदान गरेका थिए ।
सम्मानित व्यक्तित्व मेनुका भण्डारी विगत लामो समयदेखि कोशी अञ्चल अस्पताल, विराटनगरमा स्टाफ नर्सका रूपमा कार्यरत रही असहाय तथा बिरामीहरूको सेवामा समर्पित रहँदै आएकी छन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत विराटनगर नर्सिङ क्याम्पसको प्रमुखको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरिरहेकी छन् ।
नेपाल नर्सिङ संघको गरिमामय सचिव पदमा रहेर उनले स्वास्थ्य क्षेत्रमा रहेका कमीकमजोरीहरू तथा स्वास्थ्यकर्मीहरूको समस्याहरूलाई सम्बन्धित निकायमा सशक्त रूपमा उठाउँदै आएकी छन् । साथै, उनी समाजमा परिआएको वेला सामाजिक सेवा तथा महिला अधिकारका लागि पनि आवाज बुलन्द गर्ने सक्रिय व्यक्तित्व हुन् ।
View : 355
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved