Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

घर निर्माण प्रदर्शनी :

पुसोईका विद्यार्थीहरूको आधुनिक ‘स्मार्ट हाउस’

उद्‌घोष संवाददाता
१५ चैत २०८२, आइतवार

Advertisement

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तरगत स्कुल अफ इन्जिनियरिङ (पुसोई) का विद्यार्थीहरूले आधुनिक स्मार्ट घरको अवधारणा अघि सारेका छन् । 

उद्योग संगठन मोरङको आयोजनामा जारी घर निर्माण प्रदर्शनीमा आधुनिक प्रविधिसहितको स्मार्ट घरको अवधारणालाई मूर्त रुप दिंदै सहभागिता जनाइरहेका छन् ।

विद्यार्थीहरूले स्मार्ट घरका साथै घरभित्रबाट उत्पादन हुने फोहोर व्यवस्थापन गर्ने ‘स्मार्ट डस्टबिन’, शौचालयको फोहोरलाई मलमा परिणत गर्ने ‘इको सेनिटेसन ट्वाइलेट’, बर्सातको पानीलाई सदुपयोग गरेर घरभित्रै प्रयोग गर्न सकिने ‘स्मार्ट इरिगेसन सिस्टम’ पनि अघि सारेका छन् ।

इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूले दैनिक जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरी ‘स्मार्ट हाउस’को अवधारणा अघि बढाएको बताए ।

अध्ययनका क्रममा प्रयोगात्मक अभ्यासमा आधारित ज्ञानको विकास गर्न यस्तो विद्यार्थीहरूले नयाँनयाँ अवधारणा अघि सार्दै आएका छन् । 

प्रविधिका माध्यमबाट सुलभ र सुरक्षित घर निर्माण गर्न सकिने विद्यार्थीहरू बताउँछन् । यसबाट मानिसहरूको दैनिक काम समेत सहज हुने दाबी गरिएको छ ।

स्मार्ट घरलाई ६ दशमलव ८ रेक्टरस्केलसम्मको भूकम्प प्रतिरोधी समेत बनाइएको छ । 

त्यस्तै यस्तो घरभित्र अनावश्यक मानिसको प्रवेश नियन्त्रण गर्ने प्रविधि, अक्सिजनका लागि तुलसीको विरुवाको व्यवस्थापन, घरभित्रै फोहोरमैला व्यवस्थापन जस्ता सुविधा उपलब्ध हुने छन् ।

बढ्दो शहरी र आधुनिक जीवनशैलीलाई व्यवस्थापन गर्न र बाहिरी खर्च न्यूनीकरण गर्न स्मार्ट हाउस उपयोग हुने विद्यार्थीहरूले बताएका छन् ।

View : 423

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved