विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका–६ महरम चोकमा सोमबार बिहान भिनाजुले गोली प्रहार गर्दा १८ वर्षीया सालीको घटनास्थलमै ज्यान गएको छ ।
बिहान करिब २ः३० बजेतिर भएको घटनामा हरिनगर–६ निवासी गफार मियाँकी छोरी अरसी खातुनको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार, अरसीलाई उनका जेठा भिनाजु भारतको पत्रहा पंचायत वडा–१६ घुर्ना बस्ने २९ वर्षीय अजाद मियाँले गोली प्रहार गरेका थिए । घटनालगत्तै गोली प्रहार गर्ने अजाद फरार भएको जनाइएको छ ।
प्रहरीका अनुसार बिहान ३ः४५ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाबारे जानकारी प्राप्त भएको जनाइएको छ ।
प्रहरी चौकी घुस्कीहाटबाट करिब २ किलोमिटर पूर्व–दक्षिणमा घटना भएको हो । प्रहरीले फरार अजाद मियाँको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका सम्पूर्ण कार्यालयबाट प्रहरी परिचालन गरेको जनाइएको छ ।
प्रहरीका अनुसार घटनास्थलबाट सानो हतियारमा लाग्ने एउटा नपड्केको गोली समेत फेला परेको छ । मृतकको शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान पठाइएको जनाइएको छ ।
View : 424
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved