Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस विशेष महाधिवेशनका सहभागीको नाम दर्ता जारी

विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले १२ः४५ बजेसम्ममा एक हजार २१५ जनाको नाम दर्ता भइसकेको जानकारी दिए ।
उद्‌घोष संवाददाता
२७ पुष २०८२, आइतवार

Advertisement

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वयको  अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आएका महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा  हुन लागेको दुईदिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’बाट नाम दर्ताको प्रक्रिया चलिरहेको जनाइएको छ ।

बिहान ९ बजेदेखि नाम दर्ता सुरु भएको थियो । विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले १२ः४५ बजेसम्ममा एक हजार २१५ जनाको नाम दर्ता भइसकेको जानकारी दिए ।

कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ ।

कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन सुरु हुनुअघि सहभागीले काठमाडौँका विभिन्न छ स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन् ।

महाधिवेशन आयोजक समितिका अनुसार आज दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटनसत्र सुरु हुनेछ ।

संयोजक पाण्डेयका अनुसार विशेष महाधिवेशनको उद्घाटनसत्रपछि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ ।

View : 238

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved