विराटनगर, ४ पुस । विराटनगरका पुराना ढुवानी व्यवसायी राधाकृष्ण जोशीको निधन भएको छ । भारतको दिल्लीस्थित मेदान्ता अस्पतालमा उपचाररत जोशीको सोही अस्पतालमा मंगलबार बिहान निधन भएको हो ।
हिरा ढुवानी सेवाका सञ्चालक जोशी चार दशकदेखि ढुवानी व्यवसायमा संलग्न थिए । उनी विराटनगरमा ढुवानी व्यवसाय सुरु गर्ने पायोनियर व्यक्तिका रुपमा चिनिन्थे ।
७५ वर्षीय जोशी पछिल्लो समयमा प्यांक्रियाजसम्बन्धी रोगबाट ग्रसित थिए ।
सोही रोगको उपचारको क्रममा जोशीको निधन भएको उनका भतिज तथा जेबी ट्रान्सपोर्टका सञ्चालक सुशील जोशीले जानकारी दिए ।
जोशीको बुधबार धार्मिक विधिअनुसार विराटनगर हाटखोलास्थित परमविश्रान्ती घाटमा अन्तिम संस्कार गरिएको छ ।
जोशी परिवारमा एक श्रीमती तीन छोरामध्ये एक महिनाअघि एक छोराको निधन भएको थियो ।
View : 153
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved