Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

भन्सारको कारोबार सहज बन्दै

उद्‌घोष संवाददाता
३१ भदौ २०८२, मङ्गलवार

विराटनगर । जेनजीको आन्दोलनबाट तहसनहस भएको आर्थिक क्षेत्र बिस्तारै उठ्न थालेको छ । राजस्व संकलनको प्रमुख स्रोत भन्सार कार्यालयहरुमध्ये आन्दोलनकारीहरुले जहाँ क्षति पुर्याएका छैनन् त्यहाँ आइतबारदेखि नियमित काम हुन थालेको छ । 

कोशी प्रदेशको प्रमुख भन्सार नाका विराटनगर भन्सार कार्यालय पनि आइतबारदेखि नियमित रुपमा सञ्चालनमा आएको छ ।

विराटनगर भन्सार कार्यालयका अनुसार आइतबारदेखि सो भन्सार नाकाबाट आयात हुने सामानको २५० वटा कन्टेनर पास भएका थिए । 

सोमबारको तथ्यांक प्राप्त भैनसकेको भए पनि आइतबारको भन्दा सोमबारको अवस्था सहज थियो । सो कार्यालयले आइतबार मात्रै १४ करोड राजस्व संकलन गरेको थियो । 

विराटनगर भन्सार नाकाबाट दैनिक सरदर १० करोडभन्दा बढी राजस्व संकलन हुने गर्दछ । राजस्व संकलन गर्ने अर्को प्रमुख कार्यालय आन्तरिक राजस्व कार्यालयले भने काम सुरु गर्न सकेको छैन । 

आन्दोलनकारीहरुले कार्यालय पूरै ध्वस्त पारिदिएकाले सो कार्यालयमा काम गर्ने वातावरण बन्न सकेको छैन । 

सो कार्यालयका प्रमुख केशव उप्रेतीका अनुसार सोमबार क्षतिको मुचुल्का भयो । अब विस्तारै अत्यावश्यक सेवाहरु दिन सुरु गरिने छ । सो कार्यालयले वार्षिक ११ अर्बभन्दा बढी राजस्व संकलन गर्दै आएको छ ।

View : 236

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved