विराटनगर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु उदयपुरको १७ औं अधिवेशनले सिंह राईको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले राईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको जनाइएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा युवराज दाहाल र सारद खड्का चयन भएका छन् । अधिवेशनबाट सचिवमा रोयल खड्का र चार सहसचिवहरुमा क्रमशः नवराज बस्नेत, अनिशा चौधरी, केवल तामाङ र करुणा खड्का तथा कोषाध्यक्षमा बोलीराज आचार्य चयन भएको अनेरास्ववियुका केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला इञ्चार्ज भुवन दाहालले जानकारी दिए ।
जिल्ला कमिटीका अध्यक्ष सन्तोष काफ्लेको अध्यक्षता, केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको उनले बताए ।
अधिवेशनले संगठन विभाग प्रमुखमा मनिष चौलागाँई, महिला विभाग प्रमुखमा सुमित्रा श्रेष्ठ र रचनात्मक विभाग प्रमुखमा सफलता बिष्टलाई चयन गरेको जनाइएको छ ।
अनेरास्ववियु जिल्ला कमिटीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई केन्द्रीय अध्यक्ष बडालले पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै पदभार समेत ग्रहण गराएका थिए ।
View : 197
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved