विराटनगर । उपचारका कोशी अस्पताल भर्ना गरिएका बलात्कार मुद्दाका एक कैदी उपचारकै क्रममा फरार भएका छन् ।
जिल्ला कारागार मोरङमा १२ वर्ष कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद अस्पतालबाटै फरार भएका हुन् ।
उनलाई पेट दुख्ने समस्या देखिएपछि मंगलबार उपचारका लागि कोशी अस्पताल पठाइएको थियो । उनी बिहीबार विहान करीव पाँच बजेतिर शौचालय जाने क्रममा सुरक्षाका लागि खटिएका प्रहरीलाई धकेलेर फरार भएको प्रहरीले जनाएको छ ।
फरार भएका अहमद विराटनगर महानगरपालिका–८ निबासी रहेको जनाइएको छ । उनी जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका थिए ।
उनलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ मा जेल सजाय तोकेको थियो । उनी २०९१ फागुन ३ गते मात्रै छुट्ने जनाइएको छ ।
View : 217
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved