विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगको अन्तिम खेलमा लायन क्रिकेट एकेडेमी विजयी भएको छ ।
शुक्रबार भएको समुह वि को अन्तिम लिग खेलमा लायनले डाइनामिक क्रिकेट एकेडमीलाई ७ विकेटले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको हो ।
टस जितेर ब्याटिङको गरेको डाइनामिकले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ रनको योगफल तयार पारेको थियो ।
डाइनामिकका लागि सागर मोचीले ३५ रन जोड्दा रितेश माझीले ३० रन, विवेक झाले २४ रन र रोशन कामत १२ रन जोडे । लायनका सुवास मण्डल, सन्दिप ढकाल, गौरभ कटवाल र यथार्थ बचन यादवले १–१ विकेट लिए ।
जवाफमा १ सय २२ रनको लक्ष्य पाएको लायनले १५ दशमलव ३ बलमा ३ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो ।
लायनका निरज ठाकुरले ४२ रन जोड्दा सकिव हकले ३१ रन र रुद्रप्रताप साहले अविजित १२ रनको योगदान दिए ।
डाइनामिकका सुवास राँय र एसएस झाले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच लायनका सकिव हक घोषित भए ।
View : 126
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved