काठमाडौँ । नुवाकोट जिल्ला अन्तर्गत ककनी गाउँपालिका-१ स्थित भवानी माध्यमिक विद्यालयको माध्यमिक तहमा कार्यरत शिक्षक सन्तोष सापकोटालाई विद्यालय व्यवस्थापन समितिले निकालेको विषयमा राहत शिक्षक केन्द्रीय समितिले विरोध जनाएको छ ।
मंगलबार विद्यालयको निर्णय अनुसार सापकोटालाई सेवाबाट बर्खास्त गरिएको थियो । उक्त विषयमा महासंघले विज्ञप्ति निकालेर गम्भीरताका साथ लिएको जनाएको छ ।
बुधबार नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नवीन सिंह धामी र महासचिव डम्बर राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा निकालिएका शिक्षक सापकोटालाई विनाशर्त पुनर्बहाली गर्न माग गरिएको छ ।
शिक्षक सापकोटाको कुनै गल्ती तथा कमी कमजोरी नभएको र आस्था विचार सिद्धान्तका आधारमा नै शिक्षकलाई बर्खास्त गरिएको महासंघले जनाएको छ । निकालिएका शिक्षकलाई पुनर्बहाली नगरिए कानुनी र सांगठनिक रुपले सशक्त प्रतिरक्षा गर्ने विज्ञप्तिमा उल्लेख छ ।
संघीय शिक्षा ऐन आउनै लागेको बेला वर्षौंदेखि शिक्षणमा संलग्न शिक्षकलाई नै सेवा सुविधाबाट वञ्चित हुने गरी निकालिएको भन्दै महासंघले त्यसो नगर्न विद्यालय प्रशासनलाई आग्रह समेत गरेको जनाइएको छ ।
View : 255
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved