Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको ‘ओपन हार्ट सर्जरी’ पछि स्वास्थ्यमा सुधार

उद्‌घोष संवाददाता
२८ पुष २०८२, सोमवार

विराटनगर । नियमित चेकजाँचका क्रमका मुटुको भल्ब बन्द भएको पाइएपछि विराटनगरस्थित विराट नर्सिङ होम र विराट मेडिकल कलेजका संचालक एवं बरिष्ठ चिकित्सक डा. ज्ञानेन्द्रमानसिंह कार्कीको ओपन हार्ट सर्जरी सफल भएको छ । एक साताअघि समस्या देखिएपछि उनी भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि पुगेका थिए ।

उनको बन्द भएको मुटुको भल्बको ‘ब्लकेज’ अपरेशनपछि खुलेका कारण स्वास्थ्यलाभ भइरहेको जनाइएको छ । 

डा. कार्कीले समेत आफ्नो स्वास्थ्यमा व्यापक सुधार भएको जानकारी भिडियो सन्देशमार्फत दिएका छन् । उपचारका क्रममा स्वास्थ्यलाभ गरिरहेका डा. कार्कीले मेदान्तकै बेडबाट भिडियो सन्देश जारी गरेका हुन् ।

‘म अहिले भारतको दिल्लीमा स्वास्थ्यलाभ गरिरहेको छु, कसैलाई कुनै सन्देश नै दिन नपाईकन काठमाडौंबाट दिल्ली जानुपर्यो, हजुरहरुको कृपाले अहिले मलाई राम्रो हुँदैछ, जटिल शल्यक्रिया थियो, अब अहिले ठिक छ’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘इश्वरभन्दा ठुलो कोही छैन, न त जीवन हाम्रो हातमा छ, मृत्यु मागेर पनि कहाँ पाइन्छ ? कुनै जीवनको कालखण्डमा मौका मिले सवै प्रस्तुत गर्नेछु ।’

उनले सवैको शुभेच्छाले स्वास्थ्यलाभ भइरहेको भन्दै आफु चाँडै ठिक भएपछि विराटनगर फर्किएर सेवामा आउने जानकारी दिएका छन् ।

भल्ब बन्द भएपछि डा. कार्की आकस्मिक रुपमा काठमाडौंबाट मेदान्त गएका थिए । उनको मुटेको भल्ब बाइपास गर्दा समेत सम्भव नभएपछि ‘ओपन हार्ट सर्जरी’ गरिएको जनाइएको छ । त्यसलाई डा. कार्की स्वयंम्ले पनि ‘जटिल शल्यक्रिया’ भनेका छन् ।

View : 8450

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved