Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

साढे ५ सय किलो बेवारिसे गाँजा बरामद

उद्‌घोष संवाददाता
२ माघ २०८२, शुक्रवार

सुनसरी । सुनसरीको प्रहरी चौकी अमडुवा, दुहबीले सुनसरीको बर्जु गाउँपालिका–४ हरबनीबाट बेवारिसे अवस्थामा रहेको ५ सय ५४ किलो ग्राम लागऔषध गाँजा बरामद गरेको छ । 

बुधबार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका–४ स्थित बाँसझ्याङबाट ५ सय ५४ किलो लागुऔषध गाँजा बेवारिसे अवस्थामा बरामद गरेको हो ।

लागुऔषध गाँजा बरामद भएसँगै ओसारपसारमा संलग्न व्यत्तिहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी मोरङ र भोजपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषध खैरो हेरोइन र गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलिले विराटनगर–१ का रिहान अन्सारीलाई १ ग्राम २० मिलीग्राम लागुऔषध खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बालंखा, भोजपुरबाट खटिएको प्रहरी टोलीले आमचोक–१० मा कोठा भाडामा लिई बस्ने भोजपुर नगरपालिका १० का ४६ वर्षिय मचिन्द्र राईलाई उनकै कोठाबाट ८७ किलो ५०० ग्राम लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको छ ।

View : 139

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved