Biratnagar, Morang, Nepal
३ चैत २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

श्रम संंस्कृति पार्टीबाट समानुपातिकमा को को ?

उद्‌घोष संवाददाता
२ चैत २०८२, सोमवार

विराटनगर । श्रम संंस्कृति पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । धरानमा बसेको बैठकले नाम तय गरी निर्वाचन आयोगलाई सिफारिस गरेको हो । 

समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारहरूको नाम पार्टीको निर्णयअनुसार टुंग्याएको अध्यक्ष हर्क साम्पाङले जानकारी दिएका छन् । 

उनका अनुसार आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिकादेवी संग्रौला, दलितबाट राधिका रम्तेल र मधेसीबाट रुवीकुमारी ठाकुर रहेका छन् । 

पार्टीको विधान, योग्यता तथा क्षमताको आधारमा छनोट गरिएका उम्मेदवारहरूको नाम निर्वाचन आयोगमा पठाइसकिएको पार्टीले बताएको छ । 

श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ४ सिट जितेको छ ।

View : 58

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved