Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

रथयात्राको बहानामा रूख काटिंदा गरियो क्षमा पूजा

उद्‌घोष संवाददाता
२७ साउन २०८२, मङ्गलवार

विराटनगर । आगामी भदौ १ मा निकालिने राधाकृष्ण रथयात्रालाई अवरोध गर्ने भन्दै झण्डै ९० वर्ष पुरानो भएको दावी गरिएको पिपल रूख काटिंदा विराटनगरमा त्यसको विरोध भएको छ । 

रूख काटिएपछि हरियाली अभियन्ता पारूल क्षेत्रीको नेतृत्वमा सोमबार दिउँदो क्षमा पूजा गरिएको हो । 

रथयात्रा व्यवस्थापनका लागि विराटनगरको मेडरोडस्थित सत्यनारायण मन्दिर अगाडि रहेको पिपलको रूखका हाँगा काटिएको थियो । 

धार्मिक कार्यका नाममा  धार्मिक वृक्ष पिपल काट्ने कार्यको चौतर्फी विरोध भएको छ । 

विराटनगरमा सडक विस्तारका क्रममा रूखविरूवा काटिएपछि चर्को गर्मीमा बटुवालाई शीतल बस्न समेत पाउँदैनन् । भएको एउटा पिपलको रूख पनि रथयात्राका नाममा काटिएको भन्दै हरियाली अभियानमा संलग्नहरूले विरोध जनाएका छन् ।

उनीहरूले मन्दिर अगाडि रहेको भगवान विष्णुको प्रतीक मानिने पिपलको रूख काट्नु अनुचित भएको बताए । त्यसैको विरोधमा सोमबार क्षमा पूजा गरिएको अभियन्ता पारूल क्षेत्रीले बताए । उनले विराटनगरमा हरियाली मास्नका लागि अनेक प्रपञ्च भइरहेको आरोप पनि लगाए ।

यो रूख हामीले जसरी पनि बचाउनु पर्छ, धार्मिक कार्यक्रमका नाममा धार्मिक आस्थासँगै जोडिएको पिपलको रूख काटिनु निन्दनीय छ’ क्षेत्रीले भने, ‘यो रूख काट्न कुनै औचित्य थिएन, काटेको कुराको कसैले जिम्मा लिंदैनन्, जसले काटे पनि हामीले क्षमा पूजा गरेका छौं ।’

क्षमा पूजामा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरूले ऐक्यवद्धता जनाएका थिए । उनीहरूका अनुसार विराटनगर महानगरपालिकाले रथयात्राका क्रममा निकै पुरानो पिपलको रूख काटेको आरोप लगाएका छन् ।

View : 972

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved