विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम कोशी पहाडी जिल्ला तेह्रथुमबाट पनि उम्मेद्वारका रूपमा सिफारिस भएको छ ।
प्रतिनिधिसभाको आगामी फागुन २१ गते घोषित निर्वाचनका लागि तेह्रथुमबाट कांग्रेस उम्मेदवारका रूपमा महामन्त्री थापाको एकल नाम सिफारिस भएको हो ।
कांग्रेस जिल्ला सभापति अर्जुनबहादुर तुम्बाहांम्फेले दिएको जानकारी अनुसार तेह्रथुमबाट महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हो ।
संविधानसभा सदस्य तुलसी सुब्बाको कारबाही फुकुवा नहुँदा चुनावमा उम्मेदवार कसलाई बनाउने भन्ने छलफल भएको र त्यसक्रममा महामन्त्री थापाको नाम अगाडि आएको सभापति तुम्बाहाम्फेले जानकारी दिए ।
प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र रहेको तेह्रथुमबाट २०७९ को निर्वाचनमा कांग्रेसकै सीता गुरूङ निर्वाचित भएकी थिइन् ।
तेह्रथुमबाट समानुपातिकतर्फ सात जनाको नाम सिफारिश भएको छ । कृष्णमान तुम्वाहाम्फे, डिल्लीराम नेपाल, विजय सम्वाहाङफे, रूद्र कन्दङ्वा, बसन्ती सुव्वा गुरूङ, शारदा कोइराला र शनिषा भेटवालको नाम समानुपातिकका लागि सिफारिस भएको छ ।
काठमाडौं ४ बाट चुनाव लड्दै आएका महामन्त्री थापाको नाम यसपटक काठमाडौं, रोल्पा, धनकुटा, सर्लाही लगायतका जिल्लाबाट पनि सिफारिस भएको छ ।
View : 199
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved