Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

आलुचप बेचेर पढाइ खर्चको जोहो

उद्‌घोष सम्वाददाता
२९ माघ २०८०, सोमवार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ स्थित वीरेन्द्र माविमा कक्षा ६ मा अध्ययनरत सलिना राजवंशीले पिडारवनी चोकमा भक्का र आलुचप बेच्दै आफ्नो पढाइ खर्च जोहो गर्दै आएकी छन् ।

आमा र बाबु दुवैले छाडेर हिंडेपछि फुपूको संरक्षणमा रहँदै आएकी उनले हरेक दिन बिहान बेलुका भक्का र आलुचप बेच्दै आएकी हुन् ।

भक्का र आलुचप बेचेर कमाएको पैसा आफ्नो पढाइका लागि खर्च गर्ने गरेको उनले बताइन् । केही पैसा घर खर्च समेत गर्दै आएको उनले बताइन् । 

आफूले दैनिकजसो ६/७ सय रुपैयाँको भक्का र आलुचप बेच्ने गरेको जानकारी उनले बताइन् । जसबाट तीन सय रुपैयाँसम्म नाफा हुने गरेको उनको भनाइ छ । आमा र बाबु दुवैले छाडेका कारण उनी सडक किनारमा बसेर दिनहुँ भक्का बेच्न बाध्य भएकी हुन् ।

View : 213

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved